काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

७ असार २०८३
अ+
अ-

काठमाडौँ। स्वीडेनमाथि शानदार जितसहित नेदरल्याण्ड्स विश्वकप फुटबलको नकआउट चरण नजिक पुगेको छ।

स्वीडेनविरुद्धको खेलमा नेदरल्याण्ड्सले ५-१ ले विजयी भएको हो। नेदरल्याण्ड्सका लागि ब्रायन बोब्बी र कोडी गाक्पोले समान दुई गोल गरे

ब्रायन बोब्बीले खेलको पहिलो हाफको पाँचौँ र १६ औँ मिनेटमा गोल गरेका थिए। यस्तै, दोस्रो हाफको ४७ औँ र ५४ औँ मिनेटमा कोडीले गोल गरेका थिए। खेलको ८८ औँ मिनेटमा सेन्सियो समरभिलले गोल गरेसँगै नतिजा ५-१ हुनपुग्यो।

नेदरल्याण्ड्सले यसअघि जापानसँगको खेल २-२ को बराबरी गरेको थियो ।

स्वीडेनका एन्थोनी एलान्काले ५८ औँ मिनेटमा गोल गरेका थिए। यसअघि ट्युनिसियासँग ५-१ अन्तरको जित निकालेको स्वीडेनले सोही अन्तरले नेदरल्याण्ड्सँग हार व्यहोरेको छ।

जितसँगै तालिका नेदरल्याण्ड्सले चार अंक जोडेको छ। समान खेलबाट स्वीडेनको ३, जापानको १ र ट्युनिसियाको शून्य अंक छ।