काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

७ असार २०८३
वर्षमान पुन।
अ+
अ-

चितवन। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका साथै सुशासनको मुद्दामा रास्वपालाई आफ्नो पार्टीको समर्थन रहेको बताएका छन्।

चितवनमा आयोजित रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा आइतबार उनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा रास्वपासँग नेकपा नजिक रहेको र सुशासनको एजेन्डामा समानता रहेको बताएका हुन्। उनले कठिन परिस्थितिमा पनि रास्वपासँगै लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेको बताए।

उनले अहिले पनि सुशासन, पारदर्शिता र थिति बसाउने अभियानमा नेकपाको पूर्ण समर्थन रहेको धारणा राखे। उनले थिति बसाउन चालिएका कदम विधि-सम्मत र संविधानभन्दा बाहिर नहोस् भन्ने रास्वपा र रास्वपा नेतृत्वको सरकारको पर्याप्त ध्यान पुग्नेमा विश्वास व्यक्त गरे।

नेता पुनले दलहरू सुदृढ भए मात्र लोकतन्त्र बलियो हुने भन्दै राजनीतिमा बहुमतले विनम्रता सिक्नुपर्ने र अल्पमतले धैर्यता राख्नुपर्नेमा जोड दिए।