काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

८ असार २०८३
महाधिवेशनबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै पार्टी प्रवक्ता मनीष झा र केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत आज सुरु हुने भनिएको बन्द सत्र स्थगित गरिएको छ।

पार्टीले सोमबार जारी गरेको सूचनाअनुसार महाधिवेशन प्रतिनिधिहरूको नामावली रुजु गर्ने तथा प्रतिनिधि कार्ड छपाइ कार्य अपेक्षाभन्दा ढिलो भएकाले बन्द सत्र आजका लागि स्थगित गरिएको हो।

सूचनामा आज साँझ ७ बजेदेखि प्रतिनिधि कार्ड वितरण सुरु गरिने र बाँकी कार्ड भोलि बिहान ७ बजेदेखि वितरण गरिने उल्लेख छ। सम्पूर्ण कार्ड वितरण सम्पन्न भएपछि मात्रै बन्द सत्रको कार्यक्रम अघि बढाइने जनाइएको छ।

पार्टीले महाधिवेशन आफ्नो सर्वोच्च निकाय भएकाले सम्पूर्ण प्रक्रिया व्यवस्थित र विवादरहित बनाउन प्रतिबद्ध रहेको जनाएको छ। साथै यसबाट प्रतिनिधि, सदस्य तथा शुभेच्छुकमा परेको असुविधाप्रति क्षमायाचना गर्दै धैर्यता र सहयोगका लागि धन्यवाद दिएको छ।

सूचना केन्द्रीय निर्वाचन आयोग र प्रतिनिधि व्यवस्थापन उपसमितिले संयुक्त रूपमा जारी गरेका हुन्।

यो पनि…

रास्वपा महाधिवेशनको कार्यतालिका प्रभावित