काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

९ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका दुईजना फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका ९ का ५६ वर्षीय माधव श्रेष्ठ तथा तनहुँ भानु नगरपालिका ८ का ४३ वर्षीय रामचन्द्र अधिकारी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

उनका अनुसार उच्च अदालत पाटनको २९ माघ २०७९ को फैसलाले उक्त मुद्दामा बिगोबापत दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका माधवलाई टोखा नगरपालिका ९ बाट नियन्त्रणमा लिइएको हो। यसैगरी जिल्ला अदालत काठमाडौँको ११ साउन २०८२ को फैसलाले उक्त मुद्दामा बिगोबापत एक महिना १५ दिन कैद सजाय र दुई लाख २५ हजार जरिवाना ठहर भई फरार रहेका रामचन्द्रलाई काठमाडौँ १६‚ बालाजुबाट पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले बताए।