काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

९ असार २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

चितवन। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह बन्दसत्रमा पुगेका छन्।

उनी सवारीसाधन आफैँ चलाएर बन्दसत्रमा सहभागी हुन पुगेका छन्। उनी निर्धारित कार्यक्रममा भाग लिन आफैँ गाडी चलाउँदै पुगेका छन्।

शाह सुरक्षाकर्मी तथा अन्य अधिकारीको सामान्य उपस्थितिमै सिधै कार्यक्रमस्थल प्रवेश गरेका थिए। सामान्यत: उच्च पदस्थ व्यक्तिहरू सुरक्षाकर्मीको स्कर्टिङसहित आउने प्रचलन रहँदा उनी स्वयं गाडी चलाएर उपस्थित भएको दृश्यले सहभागी उत्साही बनेका थिए।

कार्यक्रममा सहभागी हुन आएका प्रतिनिधि तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए। बन्दसत्रमा समसामयिक राजनीतिक विषय, संगठनात्मक एजेन्डा तथा आगामी कार्यदिशाबारे छलफल हुँदै छ।