काठमाडौँ। नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोलामा तीन हजार छ सय रुपैयाँले घटेर दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोलामा दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको छ। मंगलबार ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो।