काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

११ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। प्रहरीले गत जेठमा देशभरबाट एक हजार ३६ जनालाई लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार उपत्यकाबाट १६९, कोसी प्रदेशबाट २१२, मधेसबाट ७३, बागमतीबाट १३७, गण्डकीबाट ४६, लुम्बिनीबाट १८२, कर्णालीबाट ५२, सुदूरपश्चिम प्रदेशबाट ११५ तथा लागूऔषध नियन्त्रण ब्यूरोले थप ५० जना पक्राउ गरेको हो।

यो अवधिमा प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध बरामद गरेको छ। लागूऔषध कारोबारलगायत आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरीले प्रभावकारी रूपमा कदम चाल्दै आएको छ।

दुई हजार १८२ फरार प्रतिवादी पक्राउ

यस्तै प्रहरीले गत जेठमा देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले १७, काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ३२६, कोसीबाट ३०५, मधेसबाट ५३९, बागमतीबाट ३६०, गण्डकीबाट १३२, लुम्बिनीबाट ३२०, कर्णालीबाट ६३ तथा सुदूरपश्चिम प्रदेशबाट १२० जना पक्राउ परेका थिए।

कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगीलगायत मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न प्रहरीले विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ।