भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान सुरु भएको हो।
बुधबार राति साढे १२ बजेदेखि विद्युतीय भोटिङ मेसिनबाट जारी मतदान आज दिउँसो १२ बजेसम्म चल्ने रास्वपाको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
निर्वाचनमा ३ सय ८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।