काठमाडौँ। प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ।
शुक्रबार बोलाइएको बैठक शनिबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएकामा पुनः सूचना टाँस गरी आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो।
शनिबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख डोलप्रसाद अर्यालले सभाको बैठक २०८३ असार १४ गते आइतबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।
रास्वपाको महाधिवेशन लम्बिएका कारण प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको हो।