१३ असार २०८३
अ+
अ-

प्युठान। आफैँले चलाएको गाडी दुर्घटनामा परेर प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मीनराज रानामगरको निधन भएको छ।

प्रहरी कार्यालय प्युठानका अनुसार रानामगर स्वयंले चलाएको लु.प्र.१००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका २, बांगेसल्ला क्षेत्रमा शनिबार दुर्घटना भएको थियो। गाडी सडकबाट करिब ५०० मिटर तल खस्दा ५० वर्षीय रानामगरको निधन भएको हो। गाडी स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको थियो।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माका अनुसार उपमेयर मगरको घटनास्थलमै निधन भएको हो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धन भइरहेको विश्वकर्माले जानकारी दिए।