काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

१४ असार २०८३
अ+
अ-

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्व कम भएसँगै डिजेल, पट्रोललगायत इन्धनको मूल्य घट्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले पेट्रोलियम पदार्थको मूल्य घट्ने बताएका हुन्।

अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको दाबी गरे। केही समय लागे पनि पेट्रोलियम पदार्थको मूल्य घट्ने अर्थमन्त्री वाग्लेले बताए।

‘मध्यपूर्वमा जुन समस्या देखियो। यसका कारण यो इन्धनमा भएको मूल्यवृद्धिबाट आम उपभाक्तालाई परेको भार घटाउन अर्थमन्त्री भएको दुई हप्ता भित्रै यो डिजेल, पेट्रोल र मट्टीतेल पैठारीमा लाग्ने भन्सार महशुल र डिजेल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट हामीले दियौँ। र अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो,’ उनले भने, ‘अब टाइम ल्याक त हुन्छ। क्रुड प्राइस त घटी नै सक्यो। तर त्यो प्रोसेस इन्धन हुँदै भारतीय आयल निगममार्फत हामीले जुन आयात गर्ने गरेका छौँ। त्यो एकजेष्ट भएर नेपालमा आउन केही समय लाग्ला।’

अर्थमन्त्री वाग्लेले आफूले अर्थमन्त्री हुने बित्तिकै इन्धनको मूल्य घटाउन पहल गरेको दाबी गरे।