काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि रूसी महासंघका नवनियुक्त राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले शिष्टाचार भेटवार्ता गरेका छन्।
मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच नेपाल-रूस सम्बन्धका विभिन्न विषयबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
साथै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा गरिने कार्यक्रमहरू तथा रूसी सेनामा रहेका नेपाली नागरिकसम्बन्धी विषयमा छलफल भएको थियो।