काठमाडौँ
००:००:००
१७ असार २०८३, बुधबार

१७ असार २०८३
अ+
अ-

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा शैलेन्द्र झा नियुक्त भएका छन्।

शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा अनुभवी झा शिक्षा प्रणाली सुधार, नीति निर्माण, युवा सशक्तीकरण र प्रविधिमैत्री शिक्षाको क्षेत्रमा सक्रिय छन्। उनको नियुक्तिलाई मन्त्रालयको नीतिगत तथा संस्थागत सुधारमा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यसअघि झा काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगमा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्यको रूपमा कार्यरत थिए। उनले महानगरको शिक्षा विभाग, सामाजिक विकास विभाग तथा अनुसन्धान र नवप्रवर्तनसम्बन्धी नीति निर्माण, योजना तर्जुमा, स्रोत व्यवस्थापन तथा अनुगमनको नेतृत्व गरेका थिए।