काठमाडौँ
००:००:००
१७ असार २०८३, बुधबार

१७ असार २०८३
अ+
अ-

काठमाडौँ। विभिन्न माग राख्दै आन्दोलनरत सडकपेटी आश्रित दृष्टिविहीन नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालय वनस्थलीमा प्रदर्शन गरेका छन्।

सभापति रवि लामिछानेलाई आफ्ना मागबारे जानकारी गराउन पार्टी कार्यालय वनस्थली पुगेका सडकपेटी आश्रित दृष्टिविहीनहरूले भेट्न नपाएपछि आक्रोशित हुँदै प्रदर्शन गरेका हुन्। रास्वपा सभापति लामिछानेलाई भेट्न नदिएपछि जबरजस्ती कार्यालयभित्र खोज्दा प्रहरीले उनीहरूलाई रोकेको थियो।

सडकपेटी आश्रित दृष्टिविहीन नागरिकले सुरक्षाकर्मीले सभापतिलाई भेट्न दिने भन्दै झुक्काएको गुनासो गरेका छन्।

सडकपेटीलाई कार्य क्षेत्र बनाएका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिमाथि काठमाडौँ महानगरलगायत विभिन्न निकायले बलपूर्ण धरपकड गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।

सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन गर्नसमेत नदिएको उनीहरूको आरोप छ।