काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

१८ असार २०८३
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबारका लागि निर्धारण गरिएको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोलामा ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य प्रतितोलामा १८० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।