काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

१८ असार २०८३
Emergency services personnel work to extinguish a fire after a Russian strike on Kyiv, Ukraine, Thursday, July 2, 2026. (AP Photo/Efrem Lukatsky)
अ+
अ-

युक्रेन। रूसी पक्षले बिहीबार गरेको मिसाइल तथा ड्रोन आक्रमणका कारण किएभमा कम्तिमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको युक्रनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

उनका अनुसार मस्कोले “ठूलो आक्रमण“ को तयारी गरिरहेको चेतावनी दिए पछि यो आक्रमण भएको थियो।

युक्रेनको वायुसेनाले ब्यालेस्टिक मिसाइलहरू राजधानीतर्फ गइरहेको चेतावनी दिए पछि तथा जेलेन्स्कीले डब्लिनको भ्रमण छोटो पारेर पर्किए पछि उक्त आक्रमण भएको जनाइएको छ।

मध्य र पूर्वी किएभमा एक दर्जन भन्दा बढी विस्फोटहरू भए पछि बासिन्दाहरू–केही बच्चाहरू र घरपालुवा जनावरहरूसँग–मेट्रो स्टेशनहरूमा आश्रय लिन हतार– हतार दौडि रहेको एएफपीले जनाएको छ।

आक्रमणले आठ जनाको ज्यान लिएको पुष्टि गर्दै कम्तिमा २५ जना घाइते भएको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले बताउनुभएको छ। उहाँका अनुसार नागरिक तथा आवासीय क्षेत्रहरू लक्षित गरी आक्रमण गरिएको छ।

क्षेत्रीय गभर्नर माइकोला कलास्निकका अनुसार आक्रमणमा किएभ क्षेत्रका पाँच जिल्लाहरू प्रभावित भएका छन्।

“रातको समयमा, स्ट्राइक ड्रोन, ब्यालेस्टिक मिसाइल र क्रुज मिसाइलहरू प्रयोग गरेर किएभ क्षेत्रमा ठूलो आक्रमण गरेको कलास्निकले टेलिग्राम मार्फत बताएका छन्।

आपतकालीन कर्मचारीहरूले बुचा जिल्लाको गोदाम र एउटा घरमा आगो निभाउँदै गरेको उल्लेख गर्दै आक्रमणले यस क्षेत्रका घर, तथा छात्रावास र सवारी साधनहरू क्षति ग्रस्त भएको उनले बताएका छन्।

मध्य किएभमा हवाई–आक्रमण चेतावनीको क्रममा भएको विस्फोट पछि आकाशमा धुवाँ तथा आगोको मुस्लोसहितको बादल देखिएको जनाइएको छ। आक्रमणको लगभग ५० मिनेट पछि प्रारम्भिक प्रभाव स्थल नजिकै भएको दोस्रो विस्फोटले वायु मण्डलमा विषाक्त धुवा पठाएको थियो।

युक्रेनी आपतकालीन सेवाहरूले सार्वजनिक गरेकोे तस्बिरहरूले आवासीय ब्लकमा व्यापक क्षति देखाएको छ। रुसले ठुलो आक्रमण गर्न लागेको गुप्तचर रिपोर्टका कारण उनी डब्लिनको भ्रमणबाट घर फर्किरहेको जेलेन्स्कीले बताएका छन्।

उनले पत्रकार सम्मेलनमा जनतालाई सावधान रहन आग्रह गर्दै आफ्ना बच्चाहरूलाई, तथा परिवारलाई सुरक्षित राख्नस आश्रयहरू प्रयोग गर्न र आक्रमणको चेतावनीहरूमा ध्यान दिन आवाह्न गरेका छन्।

उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही समय देखि युक्रेन विरुद्धको ठुलो आक्रमणको तयारी गरिरहेको“ खुलासा गरेका छन्।

यसैगरी युक्रेनले पनि पछिल्लो समयमा रूसी ऊर्जा पूर्वाधार र सैन्य लक्ष्यहरूलाई लक्षित गर्दै लामो दूरीको ड्रोन आक्रमणहरू पनि बढाएको जनाइएको छ।

रूसी अधिकारीहरूले सीमावर्ती क्षेत्रहरूमा बारम्बार आक्रमण गरेको रिपोर्ट गरेका छन् भने मस्कोले युक्रेनबाट आएका सयौं ड्रोनहरू आफ्नो हवाई सुरक्षाले रोकेको बताएको छ।

द्वन्द्व अन्त्य गर्ने अमेरिकी मध्यस्थता प्रयास अहिलेसम्म असफल भएको जनाइएको छ भने,रूसले युद्ध अन्त्य गर्न पूर्ण रूपमा अस्वीकार गरि रहेको जेलेन्स्कीले बताएका छन्।

यद्यपि सबै सम्भावित आधिकारिक र अनौपचारिक च्यानलहरू मार्फत युद्ध समाप्त गर्न सकिने आशाका सात युक्रेनमा बैठक र अर्थपूर्ण वार्ताका लागि तयारी गरिरहेको उनले बताएका छन्।