काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

१८ असार २०८३
अ+
अ-

सुर्खेत। सुर्खेतबाट कालीकोट जाँदै गरेको गाडी कर्णाली नदीमा खसेको छ।

बिहिबार सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक फोर्स गाडी कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ स्थित सांगेतडा भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो।

गाडी सडकबाट अन्दाजी ४०० मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवणकुमार विकका अनुसार घटनास्थलमा प्रहरी पुगेको छ। गाडीमा कति जना सवार थिए भन्ने खुलेको छैन। थप विवरण आउन बाँकी छ।