काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

१८ असार २०८३
अ+
अ-

काठमाडौँ। सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाई भइरहेका बेला विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेलको मुद्दामा पुनः ६ दिनको म्याद थप गरेको छ।

तेस्रोपटक पौडेललाई बिहिबार अनुसन्धानका लागि फेरि ६ दिनको म्याद थपिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिएकी छिन्।

न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त्त इजलाबाट म्याद थप भएको हो। सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानको माग गर्दै पौडेललाई म्याद थप गरेको थियो।

यसअघि दोस्रोपटक १५ असारमा पौडेललाई ३ दिन अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपेको थियो। शुरुमा ७ दिनको म्याद दिएको अदालतले तीनदिन थपेको हो।

सर्वोच्च अदालतले पौडेलको मुद्दामा व्यवसायी दीपक भट्ट जोडिएका मुद्दाका फाइल मगाउने आदेश गरेको छ। न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले पौडेल जोडिएका दीपक भट्ट, सुलभ अग्रवाल सम्बन्धित मिसिलहरु मगाउने आदेश गरेको थियो।

सर्वोच्चमा बिहिबारै सुनुवाई भैरहेको छ। पौडेलकी पत्नी दोमायाले आफ्ना पतिलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै १० असारमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन्।