काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

१८ असार २०८३
कानुनमन्त्री सोबिता गौतम।
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोबिता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो।

त्यसअघि बैठकमा विधेयकमाथि परेका संशोधनमाथि छलफल भइ निर्णयार्थ प्रस्तुत गरिएको थियो। संसद् अधिवेशन नचलेका समयमा सरकारले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेको थियो।

उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले ल्याएको सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक संसदबाट पारित भएको हो।