काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२४ फाल्गुन २०८२
अ+
अ-

काभ्रे। प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेबाट उम्मेदवारी दिएकामध्ये आधाले एक सय मत कटाउन सकेनन्।

जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ४२ उम्मेदवार थिए। यसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन्। १ नम्बर क्षेत्रमा ७ र २ नम्बर क्षेत्रमा १४ उम्मेदवारले एक सय मत पनि कटाउन नसकेका हुन्।

काभ्रे १ मा सात उम्मेदवारले एक सयभन्दा कम मत प्राप्त गरेका छन्। यस क्षेत्रमा चार उम्मेदवारले एक हजारभन्दा कम मत ल्याएका छन्। सय मत नकटाउनेमा जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङले ७१, नेपाल मजदुर किसान पार्टीका राजु तामाङले ५२ र प्रगतिशील लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठले ५६, समावेशी समाजवादीका विनोद लामाले ५०, नेसनल रिपब्लिकन नेपालका भरत तामाङले ३५ तथा स्वतन्त्र उम्मेदवार जीवन लामाले ९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार युवराज चौलागाईंले सबैभन्दा कम अर्थात् सात मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा एक हजारभन्दा कम मत ल्याउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज सत्यालले ६९९, श्रम संस्कृति पार्टीका धीराज लामाले २८७, मंगोल नेसनल अर्गनाइजेसनका कमलबहादुर लामाले १५६ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का कान्छा तामाङले १४९, संयुक्त नागरिक पार्टीका रत्न लामाले ११४ तथा स्वतन्त्र उम्मेदवार राजेशकुमार श्रेष्ठले १६९ मत प्राप्त गरेका हुन्।

काभ्रे २ मा भने दर्जनभन्दा बढी उम्मेदवार ५० मतभन्दा कममा सीमित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयअनुसार मितेरी पार्टी नेपालका हरिबहादुर थापाले १०, नेसनल रिपब्लिकन नेपालका सुकमान तामाङले १५, मंगोल नेसनल अर्गनाइजेसनका उमेश लामाले २८, नेकपा संयुक्तका राजन थापाले २८, जनता समाजवादी पार्टीका रकम लामाले ३२, राष्ट्रिय जनमोर्चाका सुवर्णविक्रम थापाले ३९ मत तथा स्वतन्त्र उम्मेदवारहरू केशवराज तिमिल्सिनाले चार, लेनिन विष्टले आठ, गणेशप्रसाद अधिकारीले ११, विष्णुकुमार श्रेष्ठले १३, सीताराम मैनालीले २१, उमेश थापाले २६, डिल्लीप्रसाद न्यौपानेले ३१ र आशा तामाङले ५९ मत मत प्राप्त गरेका हुन्।