काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२८ फाल्गुन २०८२
काठमाडौँ, २६ फागुनः काठमाडौँको टोखा नगरपालिका-१ स्थित झोरबाट मङ्गलबार बिहान देखिएको तुवाँलोले ढाकेको काठमाडौँको दृश्य । तस्बिरः हरिराम भेटुवाल/रासस
अ+
अ-

काठमाडौं । केही दिनदेखि बढेको वायु प्रदूषण आजबाट क्रमशः घट्दै जाने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना देखिएकोले मौसमको हालको अवस्थामा क्रमिक रुपमा केही सुधार हुने सम्भावना रहेको विभागको भनाइ छ ।

केही समय यता नेपालको उपल्लो वायुमण्डलमा उच्चचापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुन सकेको छैन । वायुमण्डलको तल्लो तहमा न्यूनचापीय गतिविधि बढ्न नसकेका कारण पर्याप्त वर्षा हुन नसकी प्रदूषण वायुमण्डलको तल्लो तहमै संचित भएर रहँदा केही दिनदेखि देशका धेरै भूभागहरू तुवाँलोले प्रभावित भएको छ ।

विभागले तुवाँलोको कारणले स्वास्थमा पर्न सक्ने असरबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाउन पनि अनुरोध गरेको छ ।