काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२८ फाल्गुन २०८२
बालाजु औद्योगिक क्षेत्र भित्रको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिनेको लाइन। तस्बिर : नेपाल फोटो लाईब्रेरी
अ+
अ-

काठमाडौँ। इरान-अमेरीका युद्धका कारण पेट्रोलियम पदार्थ र ग्यासको विश्वव्यापी अभाव देखिन सुरु गरेको छ।

छिमेकी देश भारत, बाङ्लादेश र पाकिस्तान जस्ता देशमा पेट्रोलिय पदार्थ र ग्यासको अभाव हुन सुरु भइसकेको छ भने नेपालमा पनि यसको  प्रभाव देखिन थालेको छ।

भारतबाट नेपालमा समयमा ग्यास ढुवानी नहुँदा बजारमा उपभोक्ताले ग्यास अभाव महसुस गरेका छन्। नेपाल आयल निगमले पेट्रोल तथा ग्यासको अभाव नरहेको बताउँदै आएको छ।

तर ग्यास बिक्री डिपोहरुले कृतिम अभाव सृजना गरेको अवस्थामा बालाजु औद्योगिक क्षेत्र भित्रको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिन सयौँको लाइन देखिन थालेको छ।

हेर्नुहोस् थप तस्बिर :

तस्बिर : नेपाल फोटो लाइब्रेरी