काठमाडौँ। मध्यपूर्वमा इरानसँग अमेरिका-इजरायलबीचको द्वन्द्व सुरु भएदेखि १६ वटा मालवाहक पानीजहाजमा आक्रमण भएका छन्।
यूके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले १६ वटा मालवाहक पानीजहाजमाथि आक्रमण भएको रिपोर्ट उल्लेख गरेको हो।
इरानसँग अमेरिका-इजरायलबीचको द्वन्द्व २८ फेब्रुअरीदेखि सुरु भएको थियो। जब अमेरिका र इजरायलले इरानमा हवाई आक्रमण सुरु गरे त्यसबेलादेखि नै होर्मुज जलडमरू र ओमानको खाडीमा असंख्य जहाजमाथि आक्रमण गरिएका छन्।
यूकेएमटीओले बुधबार र बिहीबार राति यस क्षेत्रमा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएको उल्लेख गरेको छ।
यूकेएमटीओले द्वन्द्वका क्रममा ‘शंकास्पद गतिविधि’ का चारवटा रिपोर्ट पनि आएको उल्लेख गरेको बीबीसीको समाचारमा छ।