काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

३० फाल्गुन २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति विभिन्न विशिष्ट व्यक्तित्व, सर्वसाधारण तथा जनमानसले देखाएको समवेदनाले दुःखको घडीमा देखिने मानवीयता, सभ्य समाज र राजनीतिक संस्कारको सुन्दर उदाहरण प्रस्तुत गरेको बताएका छन्।

बस्नेतले यस कठिन घडीमा समवेदना व्यक्त गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाललगायत सबै नेताहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ‘पिताको अनुपस्थितिले ल्याउने रित्तोपन मलाई महसुस छ’ भन्दै मर्मस्पर्शी समवेदना प्रकट गरेको उल्लेख गर्दै बस्नेतले यसले नेपाली संस्कार कति उदार र उच्च छ तथा अरूको दुःखमा आफूलाई देख्ने नेपालीपन प्रस्तुत गरेको बताएका छन्।

बस्नेतले स्वर्गीय मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै ओली परिवारप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्।