काठमाडौँ। काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ। केही दिनअघि मात्र विश्व वायु गुणस्तर सूचांकमा पहिलो नम्बरमा रहेको काठमाडौँको वायु गुणस्तर वर्षासँगै सुधार भएको हो।
लामो समयदेखि वर्षा हुन नसकेको र हावा चल्न पनि छाडेका कारण उपत्यकाको वायुमा प्रदूषण बढेको थियो। आइतबारको हावाहुरी र वर्षाका कारण काठमाडौँको वायु गुणस्तरमा सुधार भएको हो। आजको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार काठमाडौं उपत्यका ३९औँ स्थानमा छ।
एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ। त्यस्तै १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ।
हेर्नुहोस् हल्चोकबाट देखिएको उपत्यकाका थप तस्बिर :
