काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

३ चैत्र २०८२
अ+
अ-

बगदाद । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा फेरि हवाई हमला गरिएको छ।

समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार उक्त आक्रमण हालैका दिनहरूमा भएको सबैभन्दा ठूलो आक्रमणमध्ये एक हो।

इराकका सुरक्षा स्रोतहरूले एएफपीलाई जानकारी दिँदै भनेका छन् कि “पछिल्ला केही दिनयता यो सबैभन्दा ठूलो आक्रमण हो।”

आक्रमण हुनुभन्दा करिब ६ घण्टाअघि मात्रै दूतावासले इराकमा रहेका अमेरिकी नागरिकहरूका लागि नयाँ सुरक्षा सतर्कता जारी गरेको थियो। उक्त चेतावनीमा इराननिकट सशस्त्र समूहहरूले बगदादको अति सुरक्षित मानिने इन्टरनेशनल जोनमा बारम्बार आक्रमण गर्न सक्ने उल्लेख गरिएको थियो। नभन्दै, केही घण्टामै दर्जनौँ रकेट र कम्तीमा पाँचवटा ड्रोनले दूतावासलाई निसाना बनाएका छन्।

उक्त चेतावनीमा इरानसँग सम्बन्धित आतङ्ककारी मिलिसियाले बारम्बार मध्य बगदादस्थित अन्तर्राष्ट्रिय क्षेत्र (इन्टरनेशनल जोन)मा आक्रमण गरिरहेको उल्लेख गरिएको थियो।