काठमाडौँ। नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ।