काठमाडौँ। मंगलबार बिहान दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएअनुसार बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।
यसअघि फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो।