काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङले आफूले सरकारी तलब-भत्ता तथा सेवा सुविधा नलिने बताएका छन्।
मंगलबार रास्वपाका नवनिर्वाचित सांसदका अभिमुखीकरण कार्यक्रममा सहभागी हुने क्रममा गुरुङले सरकारी तलब तथा सुविधा नलिने बताएका हुन्।
“तलब-भत्ता, सुविधा केही लिन्नँ। सरकारी गाडी पनि चढ्दिनँ,” उनले भने, “आफ्नै गाडी छ, त्यही चढ्छु। सक्षम छौँ, किन लिनुपर्यो?”
रास्वपाबाट गोरखा १ बाट गुरुङ निर्वाचित भएका थिए।