बेइजिङ। चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन संयमता अपनाउन र जति सक्दो छिटो वार्ताका माध्यामबाट युद्धविराम गर्न चीनले आश्वान गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मंगलबार पत्रकारहरूसँगको साक्षात्कारमा अफगानिस्तान-पाकिस्तान द्वन्द्वबारे उठेको प्रश्नमा यस्तो प्रतिक्रिया दिएका हुन्।
अफगानिस्तान र पाकिस्तान छिमेकीहरू एक-अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका समस्या समाधानका लागि संवाद र परामर्श एक मात्र प्रभावकारी उपाय भएको बताए।
चीनले अफगानिस्तान र पाकिस्तानलाई चिनियाँ कर्मचारी, परियोजना र संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेकोसमेत लिनले पुष्टि गरे। चीनले तनाव कम गर्न र अफगानिस्तान र पाकिस्तान बीचको सम्बन्ध सुधार गर्न रचनात्मक भूमिका खेल्ने पनि उनले बताएका छन्।