काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदका लागि सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रमलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा भइरहेको कार्यक्रम दुई दिने हो।
कार्यक्रममा बालेन्द्र शाह (बालेन) पनि सहभागी हुने बताइएको छ। अभिमुखीकरणको उद्देश्य सांसदलाई संसदीय प्रक्रिया, कानुन निर्माण र जनप्रतिनिधिको भूमिकाबारे जानकारी गराउनु हो।
नवनिर्वाचित सांसदलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट पार्न, प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग गर्नेलगायत उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।