काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को दोस्रो लेगमा इंग्लिस क्लब आर्सनलले बायर लेभरकुसेनलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान (इमिरेट्स स्टेडियम) मा भएको उक्त खेलमा आर्सनलले सुरुदेखि नै दबाब कायम राखेको थियो ।
३६ औं मिनेटमा एजेले बक्स बाहिरबाट बल नियन्त्रणमा लिएर गोल गर्दै आर्सनललाई अग्रता दिलाए। यो उनको च्याम्पियन्स लिगमा पहिलो गोल पनि हो। दोस्रो हाफमा पनि आर्सनलले उच्च प्रदर्शन जारी राख्यो। ६३ औं मिनेटमा राइसले लेभरकुजनको क्लियरन्समा बल पाएपछि शान्त रूपमा गोल गर्दै जित पक्का गरे।
पहिलो लेगमा आर्सनललाई बराबरी जस्तै टक्कर दिएको लेभरकुसेन दोस्रो लेगमा भने निरिह देखियो।