काठमाडौँ। खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बुधबार दिउँसो १२ बजे केपिलासगढि गाउँपालिका-२ बालावेसीमा एयर डाइनेस्टीको ‘९-एनएफक्यू’ हेलिकप्टर दुर्घटना भएको जानकारी दिइन्।
हेलिकप्टरमा पाइलट सविन थापासहित ६ जना सवार थिए। दुर्घटनामा एक जना घाइते भएको र अन्य सकुशल रहेको प्रहरीले जनाएको छ।