काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

५ चैत्र २०८२
अ+
अ-

इस्लामावाद। पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

स्थानीय अधिकारी र उद्धार कर्मचारीहरूका अनुसार भारी वर्षाले सहरका पूर्वाधारमा प्रहार गरे पछि सहरका धेरै क्षेत्रहरूबाट हताहत भएको रिपोर्ट गरिएको छ।

देशको दक्षिणी सिन्ध प्रान्तको राजधानी कराचीको बलदिया टाउन क्षेत्रमा वर्षका कारण पर्खाल ढलेपछि ११ जनाको मृत्यु भएको उद्धारकर्मीले बताएका छन्।

कायद आबाद क्षेत्रमा घरको छत खसेपछि एक दम्पती र सहरका विभिन्न क्षेत्रमा अन्य छ जनाको मृत्यु भएको जनाइएको छ।

कराचीका मेयर मुर्तजा वहाबले सहरमा हाल तीव्र हावासहित भारी वर्षा भइरहेको जानकारी दिदै बासिन्दाहरूलाई अनावश्यक आवागमनबाट टाढा रहन आग्रह गरेका छन्।

मेयरले सहरका धेरै क्षेत्रहरूमा वर्षाको पानी जम्मा भएको जनाउदै, यातायात र दैनिक जीवनमा बाधा पुर्याउने घटनाहरूको व्यवस्थापन गर्न शहरमा टोलीहरू पठाइएको बताए।

सिन्धका मन्त्री नासिर हुसेन शाहले आँधीबेहरीपछि कराचीसहित प्रान्त भरी उच्च सतर्कता घोषणा गरेका छन्।

पाकिस्तानको मौसम विभागले पश्चिमी मौसम प्रणालीको प्रभावमा बिहीबारसम्म कराची र सिन्धका अन्य भागहरूमा भारी हावा र असिनाका साथ वर्षा र आँधीबेहरीको पूर्वानुमान गरेको छ।