आईएसएनए न्युज एजेन्सीका अनुसार आईआरजीसीद्वारा जारी वक्तव्यमा यदि इरानका ऊर्जा संरचनामा फेरि आक्रमण भए त्यसको जवाफ खतरनाक हुने चेतावनी दिइएको छ ।
आईआरजीसीले इरानका ऊर्जा संरचनामा हमला गरेर इजरायलले ठूलो गल्ती गरेको समेत टिप्पणी गरेको छ । इरानमा रहेको विश्वकै ठूलो ग्यास भण्डारमा इजरायलले हमला गरेपछि इरानले साउदी अरब, कतार, यूएई र कुवेतमा रहेको अमेरिकी कम्पनी सामेल रहेका तेल कम्पनीहरूमा इरानले गएराति भीषण हमला गरेको थियो ।