काठमाडौँ। परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै नेपालीलाई गन्तव्यतर्फ पठाइसकिएको जनाएको छ।
मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ट्रान्जिटमा परेका सवै नेपालीहरुलाई दूतावासको समन्वयमा गन्तव्यतर्फ पठाइसकिएको जानकारी दिए।
अहिलेको अवस्थाका कोही पनि नेपाली ट्रान्जिटमा समस्यामा नरहेको जानकारी प्राप्त भएको उनले बताए। जेद्दामा समस्या परेका ५२ हजयात्रीको पनि व्यवस्थापन गरेर स्वदेश फर्किसकेको मन्त्रालयले जनाएको छ।
उनले द्वन्द्वका कारण नेपालीलाई पर्न सक्ने असरलाई मध्यनजर गर्दै सरकारले दूतावासमार्फत निरन्तर सम्बन्धित देशका प्रतिनिधिसँग जानकारी प्राप्त गरिरहेको जानकारी दिए।
प्रवक्ता पौडेलले पश्चिम एसिया समस्यामा परेका नेपालहरुको गुनासो सुन्न तयार गरिएको अनलाइन प्रणालीमा हालसम्म ८२ हजार एक सय नेपालीले आफ्नो नाम दर्ता गरेको उल्लेख गरे। त्यसमध्ये ६ हजार जनाले असुक्षित भनेकोमा पछिल्ला दिनमा असुक्षित छु भन्नेको संख्या निकै घटेको उनले बताए।
पश्चिम एसियाका केही दिनमा द्वन्द्वको भिडियो सामाजिक सञ्जालमा राख्ने केही नेपालीहरू कारबाहीमा परेको जानकारी प्राप्त भएको उनले जानकारी दिए।