काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस

कार्यक्रममा जातीय विभेद र छुवाछूत अन्त्यका लागि सशक्त आवाज उठाइए

७ चैत्र २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा काठमाडौँको माइतीघर मण्डलमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

विभिन्न दलित अधिकारकर्मी संघसंस्था, मानव अधिकारवादी तथा नागरिक अभियन्ताहरूको सहभागितामा आयोजित कार्यक्रममा जातीय विभेद र छुवाछूत अन्त्यका लागि सशक्त आवाज उठाइएको छ।

कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जातीय विभेदविरुद्धको लडाइँ पद र सत्ताभन्दा माथि रहेको बताए। उनले सामाजिक न्यायका लागि आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै भने, “म जातीय विभेदविरुद्ध आवाज उठाउन छाड्दिनँ। हाम्रो आफ्नै नेतृत्वको सरकारले यदि यस विषयमा गलत गर्छ भने त्यसको विरुद्धमा पनि म निर्धक्क भएर आवाज उठाउनेछु।”

हेर्नुहोस् थप तस्बिर :