काठमाडौँ
००:००:००
२२ जेष्ठ २०८३, शुक्रबार

२२ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ । नेपाल चिकित्सक संघले चिकित्सकको अनकल/आपतकालीन ड्युटीलाई ‘ओभरटाइम’ गणना गर्नुपर्ने माग गरेको छ।

संघले आज (शुक्रबार) स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै ओपीडीको समयबाहेकको समयलाई ओभरटाइम गणना गर्नुपर्ने माग गरेको हो।

साथै ओपीडीको समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनुपर्ने पनि संघको भनाइ छ।

यस्तै निजी मेडिकल कलेजमा कार्यरत प्रध्यापकलाई सरकारी व्यवस्थाअनुरुप पदअनुसारको तलब सुविधा उपलब्ध गराउनुपर्ने, सोअन्तर्गत लेक्चररलाई नवौँ तह सरह र सहप्रध्यापकलाई दशौँ तहसरह नियुक्ति र तलब सुविधा उपलब्ध गराउनुपर्ने संघको माग छ। त्यस्तै चिकित्सकहरुलाई १०० प्रतिशत प्रोत्साहन भत्ता/जोखिम भत्त उपलब्ध गराउनुपर्ने, इन्टर्न चिकित्सकहरुको भत्ता एवं पीजी अध्ययनरत आवासीय चिकित्सकहरूको काम गर्ने समय, बिदालगायतका विषयहरु वैज्ञानिक र श्रम ऐनअनुसार हुनुपर्ने, चिकित्सकहरुको हकमा छुट्टै ‘चिकित्सक ऐन’ को व्यवस्था गर्नुपर्ने र विशिष्टीकृत सेवा प्रदान गरिरहेका चिकित्सकहरुलाई ‘अफ आवर’ मा स्वास्थ्य सेवा दिएबापत सेवा कर १५ प्रतिशतमा सीमित गर्नुपर्नेलगायतका माग संघले राखेको छ।