काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२ असार २०८३
विदुरकुमार लिङ्थेप।
अ+
अ-

विराटनगर। कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले बजेट कार्यान्वयनमा कुनै समस्या नआउने बताएका छन्।

आर्थिक मामिला तथा योजना मन्त्रालयले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुशासन र सेवाप्रवाहलाई प्राथमिकतामा राखेर ल्याइएको बजेट कार्यान्वयनमा कुनै समस्या नआउने दाबी गरे। उनले निकट भविष्यमा प्रदेश सरकार परिवर्तन हुन सक्ने भए पनि बजेटको कार्यान्वयनलाई असर नपर्ने बताए।

लिङ्थेपले आगामी आर्थिक वर्षको बजेट यथार्थमा आधारित र बजेट कार्यान्वयनलाई थप जिम्मेवार र जवाफदेही बनाउन कार्यसम्पादन सम्झौता गरिने भएकाले कार्यान्वयन हुने विश्वास व्यक्त गरे। उनले अनुकूल मौसम, नीतिगत स्थिरता, कृषि र उद्योग, पूर्वाधार र पर्यटन क्षेत्रमा गरिने लगानीबाट आगामी आवमा आर्थिक वृद्धिदर पाँच प्रतिशत पुग्ने आशा व्यक्त गरे।

कोसी प्रदेश सरकारले १ असारमा आगामी आव ०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँबराबरको बजेट ल्याएको थियो।