काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

५ असार २०८३
रवि लामिछाने।
अ+
अ-

काठमाडौँ। जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन अनुमति दिएको छ ।

शुक्रबार न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको मागअनुसार सङ्गठित अपराधको मुद्दा फिर्ता लिन अनुमति दिएका हुन् । जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो ।

इजलासले लामिछानेको सहकारी ठगीसम्बन्धी अभियोगलाई भने कायम राख्न आदेश दिएको छ । सुमन खनाललगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको तथा लामिछाने लगायत प्रतिवादी रहेको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले अभियोग पत्र संशोधनको निवेदन दायर गरेको थियो ।


५ असार २०८३
अ+
अ-

काठमाडौं। काठमाडौं जिल्ला अदालतले रवि लामिछानेको संगठित अपराधको मुद्दा फिर्ताको अनुमति दिएको छ। न्शीन्यायाधीश आत्मदेव जोशीको इजजलासबाट ठगीतर्फको अभियोग दावी यथावत् कायम राखी संगठित अपराधतर्फको अभियोग दावी कायम नरहने गरी अभियोग संशोधन हुने गरी स्वीकृति दिएको हो। तत्हतत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीको निर्णय अनुसार अनुमति दिइएको हो ।
यस अघि कास्की, पर्सा, रूपन्देही जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा फिर्ता लिने आदेश गरिसकेको छ। ठगीतर्फको अभियोग कायम राखी संगठित अपराध तर्फको अभियोग कायम नरहने गरी अभियोग पत्र संशोधन गर्न अनुमति दिने गरी आदेश भएको सूचना अधिकारी शिव खतिवडाले बताए।