काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

११ असार २०८३
अ+
अ-

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ।

निर्वाचन समिति संयोजक भुवन केसीका अनुसार ८० वटा भोटिङ मेसिनबाट संकलित मतपरिणाम सार्वजनिक भएको हो।

मतपरिणामअनुसार केन्द्रीय सदस्य खुलातर्फ स्वर्णिम वाग्ले २६०७‚ सोबिता गौतमले २५९४‚ शिशिर खनाल २४९५‚ तोसिमा कार्की २२५७‚ मनीष झा २२३७‚ कविन्द्र बुर्लाकोटीले २१८४‚ विपिनकुमार आचार्य २१२६‚ विराजभक्त श्रेष्ठ २०९४‚ गणेश पराजुली २०४५, राजुनाथ पाण्डेले १८१२ मत प्राप्त गरे।

यसैगरी क्रान्तिशिखा धिताल १४८९‚ शंकर श्रेष्ठ १४८४‚ अनुष्का श्रेष्ठले १३५३ मत प्राप्त गरेका छन्।

स्वर्णिम वाग्लेले प्रवासबाट खसेको सबै अर्थात् शतप्रतिशत मत पाएका छन्। जारी महाधिवशेनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट १७० प्रतिनिधिमध्ये ४९ मत खसेको थियो। प्रवासबाट सर्वाधिक मत पाउनेमा स्वर्णिम वाग्ले एक्लो छन् ।

९९ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो। केन्द्रीय सदस्यको टुंगो लागेपछि पदाधिकारीको निर्वाचन हुन्छ। सभापतिमा भने रवि लामिछाने निर्विरोध भइसकेका छन्।