काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी इलाम देऊमाई नगरपालिका २ का कृष्णकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत इलामबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ १४‚ बल्खुबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको छ।