१३ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

बाजुरा। बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रूखबाट खसेर एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ३‚ पुडाबाउलाकी आइते रावतकी नौ वर्षीया छोरी प्रिन्सा रावत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार शनिबार घरनजिकैको बारीमा रहेको तिमिलाको रूखमा घाँस काट्ने क्रममा रूखबाट खसेर सख्त घाइते रावतको अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो।

रूखबाट खसेर सख्त घाइते बालिकालाई अछाम बयालपाटा अस्पतालमा उपचारका लागि लगिएको थियो।