काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

२७ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा हाल इलाम जिल्लाबाट उद्धार गरिएको कालो चितुवा (प्यान्थर) प्रदर्शनीका लागि राखिएको छ।

सो पोथी चितुवा २०२५ सेप्टेम्बर महिनामा चिडियाखानामा ल्याइएको हो। पशु चिकित्सकको निगरानीमा उपचारमा रहेको चितुवा अहिले सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ।

कालो चितुवा कुनै छुट्टै प्रजाति होइन, बरु सामान्य चितुवामै हुने मेलानिज्म नामक आनुवंशिक परिवर्तनका कारण शरीरमा कालो रङको अत्यधिक मात्रा देखिने गर्छ।