काठमाडौँ
००:००:००
१० फाल्गुन २०८२, आईतवार

५ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले नवगठित राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ) ले मुलुकमा संकट र विपत्ति पर्दा जनताको सुरक्षा तथा सहयोगका लागि काम गर्ने बताएका छन्।

यो संगठनको केन्द्रीय कमान्डको घोषणा गर्न आज (शुक्रबार) काठमाडौँमा आयोजित कार्यक्रममा ओलीले यो कसैका विरुद्ध नभई हिंसा र अराजकताविरुद्ध गठन गरिएको दाबी गरे। यसले जनधनको रक्षा, औद्यागिक प्रतिष्ठानको सुरक्षामा सहयोग पुर्‍याउने उल्लेख गर्दै उनले सुरक्षा निकाय र सामाजिक संस्थासँग मिलेर काम गर्ने बताए।

अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाबाट मुलुकको राजनीतिक निकास हुन्छ भन्ने पार्टीको अडान दोहर्याए। कार्यक्रममा राष्ट्रिय युवा सङ्घका पूर्वउपाध्यक्ष पुष्पराज श्रेष्ठको संयोजकत्वमा राष्ट्रिय स्वयंसेवक फोर्सको केन्द्रीय कमान्ड घोषणा गरिएको थियो ।