२३ जेष्ठ २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विरोध जनाउँदै श्रम संस्कृति पार्टीले माइतीघरमा प्रदर्शन गरेको छ।

सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिबार प्रदर्शन गरेको हो।

‘प्रधानमन्त्री हो कि विदेशी दलाल?’ लगायत नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरूले प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिनुका साथै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले सरकारको धारणा राष्ट्रिय हितविपरीत भएको आरोप लगाउँदै तत्काल सच्याउन चेतावनी दिएका थिए। माइतीघर क्षेत्रमा केही समय प्रदर्शन भएपछि स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ।

माइतीघरमा श्रम संस्कृतिको प्रदर्शन

प्रदर्शनमा सहभागीहरूले संसद्‌मा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका थिए। साथै उनीहरूले नेपाली माटोको रक्षा गरौँ, राष्ट्रको सम्मान जोगाऔँ, गैरजिम्मेवारी अभिव्यक्तिको विरोध गरौँलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

त्यस क्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमाका विषयमा प्रधानमन्त्रीले सदनमा गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए। उनले हरेक देशको सीमा समस्या रहेको भन्दै सीमा समस्या र सीमा मिच्ने विषय फरक भएको उल्लेख गरे।

उनले सदनमा आफूहरूले राख्दै आएको अडान कायमै रहनेसमेत बताए।