काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १७५ रनको लक्ष्य दिएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनायो।
जसमा रवि बोपराले अर्धशतक हिर्काउँदै ६५, सैफ अली जैबले ३२ र देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० रनको योगदान गरे।
विराटनगरका कप्तान सन्दीप लामिछानेले दुई, मर्चेन्ट डे लाङले दुई, शुभम रञ्जनेले एक विकेट लिए। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ। कुशल मल्लको नेतृत्वमा रहेको चितवन दुई खेलबाट दुई अंकका साथ तालिकाको चौथो स्थानमा छ। विराटनगर लगातार चौथो खेल जित्दै ‘प्लेअफ’मा आफ्नो दाबेदारी प्रस्तुत गर्ने लक्ष्यमा छ।
चितवनले यसअघिका खेलमा एकमा हार र एकमा जित निकालेको छ।