काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

महाधिवेशनको मैझारो

३ पुष २०८२
अ+
अ-

काठमाडौँ। नयाँ नेतृत्व चयन गर्दै नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन बिहीबार सकिएको छ।

भक्तपुरको सल्लाघारीमा २७ मंसिरमा उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा भोलिपल्ट (२८ मंसिर) देखि सुरु भएको बन्दसत्रको आज (बिहीबार) औपचारिक समापन भएको हो। एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले अन्तिम मतपरिणाम घोषणा गरेका थिए।

अन्तिम मत परिणाममा केपी ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५/२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्य निर्वाचित भए। अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा थिए।

आयोगका अध्यक्ष सुब्बासमक्ष नवनिर्वाचित अध्यक्ष ओलीले शपथ लिए। अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले शपथ गराए।

यो पनि…

ओलीले आफ्नै घोषणाविपरीत तेहेर्‍याएको कक्षा

हेर्नुहोस् थप तस्बिर :