काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका सन्तोष परियार प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट बन्दसूचीको दलितर्फ पुरुषको पहिलो नम्बरमा परेका छन् ।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ बन्दसूची पेश गरेका ६३ दलका ३ हजार २ सय १३ उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्दा परियारको नाम प्रलोपाबाट दलित क्लस्टरमा पुरुषतर्फको पहिलो नम्बरमा परेको हो ।
रास्वपाका तत्कालीन केन्द्रीय सदस्य एवम तत्कालीन संसदीय दलका प्रमुख सचेतक परियार प्रलोपामा अध्यक्ष परिषद्का सदस्य हुन् । परियार २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि रास्वपाको तत्कालीन बन्दसूचीमा दलिततर्फको पहिलो नम्बरमा समेटिएर तत्कालीन प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।