काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

६ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४२.२६ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.५८ अंकले बढेको नेप्से २‚७१४.८१ को विन्दुमा अडिएको छ।

आज ३३९ कम्पनीका दुई करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर कारोबार भए। एक लाख १५ हजार १८१ पटकको कारोबारमा ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार ७० रुपैयाँबराबरको कारोबार भएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। बैंकिङ १.२४, विकास बैंक १.४५, वित्त ०.९७, होटेल तथा पर्यटन ३.३६, जलविद्युत् १.७७ र लगानी समूह २.५४ प्रतिशतले बढेको छ। त्यस्तै जीवन बिमा १.८६, उत्पादन तथा प्रशोधन १.३९, लघुवित्त १.५४, म्युचुअल फन्ड १.०४, निर्जीवन बिमा १.६५, व्यापार ०.३७ र अन्य समूह १.४४ प्रतिशतले बढेको छ।

आजको कारोबारमा गुर्खाज फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने एसबीएल डिबेन्चर २०८९ को सेयरमूल्य ४.२३ प्रतिशतले घटेको छ।